काठमाडौँ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले आफूले मन्त्रीको कार्यभार सम्हालेको एक सय दिनको अवधिमा गरेको कामको प्रगति विवरण आइतबार सार्वजनिक गरेका छन् ।
मन्त्री श्रेष्ठले २१ वटा बुँदामा आफ्नो कार्यको विवरण सार्वजनिक गरेका छन्। जसमा मन्त्री श्रेष्ठले आफ्नो प्रगति विवरणमा नेपाल आईसीसी टी–२० विश्वकप क्रिकेटमा सहभागिता भएको उल्लेख पनि गरेका छन् । यसका अतिरिक्त मिसन–२०२६ अन्तर्गत अन्तर्राष्ट्रिय प्रतियोगितामा पदकको सम्भावना बोकेका १० वटा खेलका खेलाडीका लागि विशेष प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको पनि उनले उल्लेख गरेका छन् ।
यसैगरी देशभरिका रंगशालाहरुको व्यवस्थापनलाई मध्यनजर गरी रंगशाला सञ्चालन सम्बन्धी कार्यविधिको मस्यौदा तयार पारिएको पनि उनले उल्लेख गरेका छन् । कर्णाली प्रदेशमा पहिलो पटक आयोजना हुने १०औँ वृहत् राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि सुर्खेतमा पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिएको पनि उनले बताएका छन् ।
यसैगरी राष्ट्रिय खेलकुद परिषद् (राखेप) र राष्ट्रिय खेल संघहरुको वार्षिक क्यालेन्डर सार्वजनिक गरिएको पनि उनले आफ्नो एक सय दिनको कामको विवरणमा उल्लेख गरेका छन् । मन्त्री श्रेष्ठले आइतबार काठमाडौँमा पत्रकार सम्मेलनमार्फत आफ्नो एक सय दिनको प्रगति विवरण सार्वजनिक गरेका हुन् ।
यस्तो छ, खेलकुद मन्त्रीको एक सय दिनको कार्यप्रगति
प्रकाशित मिति: ४ असार २०८१, सोमबार
प्रतिक्रिया