काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुराना दलहरूसँग अधिक नजिक नहुन र  सन्तुलित सम्बन्ध राख्न सुझाव दिएका छन्।

बिहीबार रास्वपाको स्थापना दिवसको अवसरमा आयोजित चियापान समारोहमा सहभागी भट्टराईले पुराना दलसँगको सहकार्यलाई तत्कालको कार्यनीतिका रूपमा मात्रै लिन सुझाव दिएका हुन्।

पुराना शक्तिहरूसँग धेरै नजिक हुँदा आफैँलाई नोक्सान गर्ने भन्दै भट्टराईले भने, ‘पुराना शक्तिहरूसँगको सहकार्यलाई ट्याक्टिस, तत्कालको कार्यनीतिको रूपमा लिनुपर्छ । वैकल्पिक नयाँ शक्तिहरूसँगको सहकार्य र देशलाई साँच्चै विकल्प दिनका निम्ति स्ट्राटेजी (रणनीति) बनाउनुपर्छ । यसमा सन्तुलन भयो भने ठीक हुन्छ, नत्र पुराना शक्तिहरूसँग नै बढी लसपस गर्न थालियो भने त्यसले स्ट्राटेजीमा नोक्सान पर्ने र हराउने खतरा हुन्छ।’

प्रकाशित मिति: ८ असार २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com