काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोरप्रसाद अर्यालले पार्टीका महामन्त्री डा. मुकुल ढकालमाथि अनुशासनको कारबाही हुन सक्ने बताएका छन् ।

श्रम तथा रोजगारमन्त्री समेत रहेका उनले कारबाही सम्बन्धमा १९ गते बस्ने केन्द्रीय समिति बैठकले निर्णय लिन सक्ने स्पष्ट पारेका हुन्।

सोमबार संसद् भवनमा सञ्चारकर्मीसँग मन्त्री अर्याले भने,  ‘उहाँ (ढकाल)लाई पार्टीले जिम्मेवारी दिएको थियो । त्यो जिम्मेवारी पूरा गर्नुभएको होला । पार्टी सभापतिलाई बुझाउनुभएको छ । त्यो बैठकबाट के गर्नुपर्ने हो, सबै सार्वजनिक हुन्छ । हामीले भन्दा पनि पार्टीको अनुशासनबाट बाहिर जान्छ भने कारबाही हुन सक्छ । त्यो मलाई पनि उहाँलाई र सभापतिलाई कारबाही हुने विषय हो ।’

ढकालले केही समय पहिले विभिन्न जिल्ला पुगेर पार्टीको अवस्थाबारे समीक्षा गरी प्रतिवेदन सभापति लामिछानेलाई बुझाएका थिए । तर निराशाजनक पत्र पेस गरेकोमा ढकालमाथि नेताहरूले असन्तुष्टि पोखेका थिए ।

प्रकाशित मिति: १८ असार २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com