काठमाडौं । विभिन्न राजनीतिक टिप्पणीका कारण पनि विवादमा आउने धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले फेरि अर्को त्यस्तै ट्वीट गरेका छन्।

मंगलबार साँझ गरेको ट्वीटमा उनले बंगलादेशको अहिलेको राजनीतिक स्थितिबारे व्यंग्यात्मक शैलीमा विवादीत विषय लेखेका हुन्।

‘अनि नेपालमा मनसुन बंगालको खाडीबाट आउँछ भनेको होइन, खैत सुरसार?’ लेखिएको स्क्रिनसर्ट राखेर हर्क साम्पाङ लेख्छन्,‘८४ मा मलाई साथ दिनु यी नेता भनाउँदा सारा भ्रष्टहरूलाई रुखमा उँधो मुन्टो झुन्डाइनछु भने मेरो नाम हर्क साम्पाङ नै होइन।’

बंगलादेशमा लोकतान्त्रिक हिसाबले निर्वाचित भए पनि जनताको असन्तुष्टि र आन्दोलन दबाउन खोज्दा प्रधानमन्त्री शेख हसिना भागेको विषयलाई साम्पाङले संकेत गरेका हुन्।

त्यस्तै स्थिति नेपालमा किन नआएको भन्ने उनको आशय ट्वीटमा झल्किएको छ।

प्रकाशित मिति: २३ श्रावण २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com