काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्धको कारबाही कुनै पनि अवस्थामा जारी रहने बताएका छन्। सरकारको सय दिनको उपलब्धि प्रस्तुत गर्दै उनले सहकारीमा जनताले जम्मा गरेको रकमको अपचलन र ठगी गर्नेहरुविरुद्ध कानूनी कदम चाल्न थालिएको बताए।

“हालसम्म ६०० भन्दा बढी व्यक्तिहरूलाई कानूनी कारबाही गरिसकेको छ, र ५७५ भन्दा बढी त जेलमा छन्,” प्रधानमन्त्री ओलीले उल्लेख गरे। उनले थपे, “सहकारी ठगहरूको विरुद्ध मात्र कारबाही गर्ने होइन, बचतकर्ताको रकम फिर्ता गर्न आवश्यक सहकारी प्राधिकरण ऐन पनि तयारी भइरहेको छ र सहकारी कर्जा सूचना केन्द्र र ऋण असुली न्यायालयको स्थापना पनि अघि बढाइँदैछ।”

उनले भ्रष्टाचार नियन्त्रण र सुशासनलाई केवल प्रचार र ‘शूटिङ’मा सीमित हुनुहुंदैन भन्नेमा सरकार दृढ रहेको स्पष्ट पारे। “हामीले भ्रष्टाचार नियन्त्रणका लागि क्यामेरालाई होइन, कानुनलाई प्राथमिकता दिएका छौं। केही समयको लागि भ्रष्टाचारी समातियो भन्ने हल्ला मात्र होइन, वास्तवमा भ्रष्टाचार नियन्त्रणको एक ठोस कानूनी प्रणालीको स्थापना हाम्रो लक्ष्य हो,” उनले भने।

प्रधानमन्त्री ओलीले भने, “भ्रष्टाचारमा संलग्न व्यक्तिहरूले डर र भाग्ने आकांक्षा देखाइरहेका छन् र देशमा अस्थिरता र अराजकता फैलाउने प्रयास भइरहेका छन्।”

प्रकाशित मिति: ७ कार्तिक २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com