काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदका प्रतिपक्षी दलका नेताहरूले बुधबार भेटवार्ता गरेका छन्। शीतल निवासमा भएको यस भेटवार्तामा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित अन्य नेताहरू उपस्थित थिए।

प्रतिपक्षमा रहेका दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइएको ज्ञापनपत्रको सन्दर्भमा सरकारका कमीकमजोरीहरूबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए। राष्ट्रपति पौडेलसँगको भेटमा नेताहरूले लोकतन्त्र र संविधानको संरक्षकको रूपमा राष्ट्रपतिलाई भूमिका निभाउन आग्रह गरेका छन्।

प्रतिपक्षी नेताहरूले संविधानको मर्म र बहुलवादमा आधारित गतिविधिहरूको विरोध गर्दै यसमा राष्ट्रपति र देशका अभिभावकको रूपमा भूमिका निभाउन आग्रह गरेका थिए। राष्ट्रपति पौडेलले संविधान, राष्ट्र, र राष्ट्रिय एकताको प्रर्वद्धनमा आफ्नो प्रतिबद्धता व्यक्त गर्दै संविधानले तोकेको कर्तव्य र सीमाभित्र अघि बढ्ने आश्वासन दिएका छन्।

“संविधान र लोकतन्त्रको मर्मलाई ध्यानमा राख्दै, मैले निर्धारित कार्य र सीमाभित्र काम गर्नेमा विश्वास दिलाउन चाहन्छु,” राष्ट्रपति पौडेलले भने।

भेटमा सहभागी हुनेमा पुष्पकमल दाहाल ‘प्रचण्ड’, शक्ति बस्नेत, शिशिर खनाल, सुमना श्रेष्ठ, बुद्धिमान तामाङ, हेमजङ्ग गुरुङ, माधवकुमार नेपाल, राजेन्द्र प्रसाद पाण्डे र तिलक थापामगर रहेका थिए।

प्रकाशित मिति: ७ कार्तिक २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com