धनगढी । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउको विरोध गर्दै भइरहेको आन्दोलनको कुनै औचित्य नभएको बताएका छन् ।

गृहजिल्ला डडेल्धुराका विभिन्न कार्यक्रममा सहभागी हुन आइतबार धनगढी आइपुगेका देउवाले विमानस्थलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै लामिछानेलाई कानुनअनुसार कारबाही हुने स्पष्ट पारे ।

advertisement

ससंदीय छानबिन विशेष समितिको प्रतिवेदन अनुसार लामिछाने पक्राउ परेको बताउँदै उनले भने, ‘रवि लामिछानेलाई कानुनअनुसार कारबाही हुन्छ ।’

 

अन्य राजनीतिक दलका नेताहरू पनि विभिन्न मुद्धामा पक्राउ परेर कारबाही भोगिरहेको स्मरण गराउँदै देउवाले कानुनको सबैले पालना गर्नुपर्ने बताए । लामिछाने पक्राउको विरोधमा आन्दोलन गर्नुपर्ने कुनै कारण नरहेको बताउँदै उनले छानबिनमा सघाउन सबैलाई  अनुराेध गरे ।

प्रकाशित मिति: २५ कार्तिक २०८१, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com