काठमाडौं । ज्यान मुद्धामा दोषि ठहर पूर्वमन्त्री दीपक मनाङे पक्राउ परेका छन् ।

काठमाडौंको स्वयम्भू क्षेत्रबाट उनी पक्राउ परेका हुन् । प्रहरीको सीआईबीको टोलीले पक्राउ गरेको हो । उनलाई जेल चलानको तयारी भइरहेको छ ।

गण्डकी प्रदेश सभा सदस्य उनी ज्यान मार्ने उद्योग मुद्दामा सर्वोच्च अदालतबाट एक साताअघि दोषी ठहर भएका थिए ।

त्यसयता उनी फरार थिए । प्रहरीले खोजी गरिरहेको थियो ।
सर्वोच्च अदालतले यसअघि उच्च अदालतबाट भएकै फैसलालाई सदर गरेको हो । उच्च अदालतले उनलाई दोषी ठहर गरी पाँच वर्ष कैद सजाय सुनाएको थियो ।

त्यसविरुद्ध गुरुङ सर्वोच्च गएकोमा माग दाबी नपुग्ने फैसला भएको हो । गुन्डागर्दी पृष्ठभूमिका मनाङेको समूहले (चक्रे मिलन) मिलन गुरुङलाई खुँडा प्रहार गरेको घटनामा यो फैसला भएको हो ।
सो मुद्दामा मनाङे यसअघि दुई वर्ष जेल बसिसकेका छन् । उनी अब करिब ३ वर्ष मात्र जेलबसे पुग्छ ।

प्रकाशित मिति: २७ कार्तिक २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com