काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले अहिले लोकरिझ्याइँको राजनीतिको दबाबमा आफूहरू रहेको बताएका छन्।

कैलाश कोइरालाको उपन्यास शास्त्रको सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेसका नेताहरुले पार्टीको अधिवेशन र चुनावभन्दा बाहिर जान नसकेको बताए।

advertisement

उनले भने, ‘हामी अहिले दुई वटा कुरा मात्रै सोच्ने भइसक्यौँ। सबैले अहिले पार्टीको अधिवेशन कहिले हुन्छ, चुनाव हारिन्छ कि जितिन्छ ? अहिले काँग्रेस भनेकै ०८२ र ०८४ भन्ने मात्रै परेको छ। तर, काँग्रेसले समाजलाई अध्यारोबाट उज्यालोतर्फ लैजानुपर्छ। जुन बेलामा समाजमा जस्तोखालको अध्यारो छ। त्यसबाट देशलाई बाहिर निकाल्ने काम काँग्रेसले गर्नुपर्छ। देशमा भएका सबै नागरिकहरूलाई जोडेर त्यसबाट देशलाई अध्यारोबाट उज्यालोतिर लैजानु नै हाम्रो धर्म हो।’

उनले काम गर्दै गर्दा कहिले चुनाव, कहिले सरकारमा पनि पुगिने भएकाले त्यसलाई नै प्राथमिकता राखेर हिँड्न नहुने बताए।
उनले भने, ‘अहिले हामी सीमित भएका छौँ, अहिले लोकरिझ्याइँको राजनीति आएको छ। त्यसको हामीलाई दबाब छ। त्यसलाई सच्याएर सुधारेर अघि बढ्नुपर्नेमा कहिलेकाहीँ हामी पनि त्यस्तै हुन्छौँ। एउटा चटकेले आएर अनेक खालको नाटक गर्छ, यो गलत छ। तर, हामीलाई पनि बरालिएर त्यस्तै हुन मन लाग्छ। अहिले हामी सबै बहसबाट टाढा भएका छौँ।’

प्रकाशित मिति: ५ पुस २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com