काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूले सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दा लागेका पार्टी सभापति रवि लामिछानेको सांसद पद निलम्बन नगर्न सभामुख देवराज घिमिरेलाई आग्रह गरेका छन् ।

आइतबार कास्की जिल्ला अदालतमा मुद्दा दायर भएपछि प्रहरीले लामिछानेको सांसद पद निलम्बन गर्न माग गर्दै सभामुखलाई पत्र लेखेको थियो ।

पत्रपछि सभामुखले संसद सचिवालयका महासचिव र प्रवक्तासँग छलफल गरिरहेका बेला रास्वपाका नेताहरू सिंहदरवार पुगेका हुन् । रास्वपा प्रमुख सचेतक सन्तोष परियार, सोविता गौतम र गणेश पराजुलीले सभामुखलाई भेटेर निलम्बन नगर्न माग गरेका हुन् । २०७९ मा पहिलो पटक निर्वाचित भएपछि नागरिकता प्रकरणमा उनको सांसद पद गएको थियो ।

नागरिकता प्राप्तिपछि उपनिर्वाचनमा रवि पुनः चितवन २ बाटै विजयी भएका थिए । तर लामिछानेले फेरि सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको गम्भीर मुद्दा खेपेका हुन् । कास्की जिल्ला अदालतमा आइतबार सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएपछि सभापति लामिछानेको सांसद पद स्वतः निलम्बनमा पर्ने भएको हो।

प्रकाशित मिति: ८ पुस २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com