काठमाडौं । नेकपा एमालेले नेता भीम रावललाई पार्टीबाट निस्कासन गरेको छ । आज बसेको सचिवालय बैठकले नेता रावललाई साधारण सदस्य समेत नरहने गरि निस्कासित गरेको हो।
पूर्व उपाध्यक्ष समेत रहेका रावललाई पार्टी हित विपरीतका कार्य गरेको भन्दै एमालेले साधारण सदस्यबाट हटाउने निर्णय गरेको हो ।
व्यवसायी मीनबहादुर गुरुङबाट जग्गा दान लिएर पार्टी कार्यालय बनाउने विषयमा असहमति जनाएपछि उनलाई पार्टीबाट हटाइएको हो ।
उपमहासचिव प्रदीप ज्ञवालीले रावलले निरन्तर पार्टी हित विपरीत अभिव्यक्ति दिँदै आएको र स्पष्टीकरण सोध्दा पनि चित्त बुझ्दो जवाफ नदिएपछि पार्टीबाट हटाइएको जानकारी दिए ।
यस्तै नेकपा एमालेले स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे र केन्द्रीय सदस्य उषा किरण तिमल्सेनालाई ६ महिना जिम्मेवारीबाट हटाएको छ ।
उनीहरूले पार्टी कार्यालय निर्माणका विषयमा असहमति जनाएका थिए ।
प्रकाशित मिति: १० पुस २०८१, बुधबार
प्रतिक्रिया