काठमाडौँ । सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले लिपुलेकको सन्दर्भमा भारत-चीनबीच भएको सहमतिले नेपाललाई केही फरक नपार्ने बताएका छन् ।

९ पुसमा बसेको मन्त्रिपरिषद् बैठकमा भारत-चीन सहमति नेपाललाई प्रभाव पार्ने ढंगले नभएको निष्कर्ष निकालिएको सञ्चारमन्त्री गुरुङले बिहीबार जानकारी दिए । मन्त्री गुरुङले उक्त सहमतिलाई ‘प्राविधिक कुरा’ भन्दै त्यसप्रति नेपालले कुनै चिन्ता लिनुनपर्ने बताए ।

‘भारत र चीनबीचको सहमतिले हाम्रो नक्सा प्रभाव पार्ने ढंगले गरेको होइन। त्यो उहाँहरूकै टेक्निकल कुरा हो’ मन्त्री गुरुङले भने, ‘त्यसबारे क्याबिनेटमा पनि लामो छलफल भयो। तर, निष्कर्ष चाहिँ हामीले चिन्ता लिनुपर्ने ढंगले सम्झौता भएको होइन।’

प्रकाशित मिति: ११ पुस २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com