काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन २०८७ सालमा मात्र हुने बताएका छन्।

मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको केन्द्रीय कमिटीको बैठकमा बोल्दै उनले राष्ट्रिय सभामा अहिले एमालेको बहुमत नभएकाले तत्काल संविधान संशोधन सम्भव नभएको स्पष्ट पारे।

advertisement

उनले भने, “अहिले राष्ट्रिय सभामा हाम्रो बहुमत छैन। २०८७ सालमा एमालेको बहुमत पुग्नेछ, अनि त्यतिबेला संविधान संशोधन गर्नेछौं।”

तर, ओलीको यो भनाइपछि बैठकमा केही केन्द्रीय सदस्यहरूले २०८३ साल हुनुपर्ने हो कि भनेर प्रश्न उठाए। एक सदस्यले भने, “अध्यक्षज्यूले २०८३ भन्न खोज्नु भएको हो कि झुक्किनुभयो?”

तर, जवाफमा अध्यक्ष ओलीले २०८७ सालमै संविधान संशोधन हुने कुरा दोहोर्‍याए।

यता, कांग्रेस र एमालेबीच यसअघि असार १७ गते भएको ७ बुँदे सहमतिमा संविधान संशोधन पनि उल्लेख गरिएको थियो। अहिले दुबै पार्टीले कार्यदल बनाएर तयारी गरिरहेका छन् भने अन्य दलहरूले पनि यसबारे सुझाव दिन समिति गठन गरिसकेका छन्।

 

प्रकाशित मिति: २४ पुस २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com