काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य अमनलाल मोदीले आफ्नो पार्टीको नेतृत्वमा सरकार बनेपछि पूर्वराजा ज्ञानेन्द्र शाहको सम्पत्ति छानविन गरिने बताएका छन्।
आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिलेसम्म नेता र कर्मचारीहरुको मात्रै सम्पत्ति छानविन भएकोमा अब पूर्वराजाले गरेका अनेकौं भ्रष्टाचारको फाइलसमेत खोल्नुपर्ने बताएका हुन् । उनले पूर्वराजा भनेर अब त्यसै छोड्न नहुने बताए।
‘यो देशमा भ्रष्टाचारको फाइलहरु खोल्दा राजनीतिक दल, कर्मचारीहरुको मात्रै खोलिएको छ । अबको ०८४ मा माओवादी सबैभन्दा ठूलो पार्टी बन्यो भने पूर्वराजाले पनि गरेका कामहरु, हिजो पूर्वराजाले गरेका भ्रष्टाचार, कहाँदेखि कमाए त उनले ? ती फाइलहरु पनि खुल्न सक्छन् । पूर्वराजा भनेर मात्रै हामी छोड्दैनौं । सबै फाइलहरु खुल्न सक्छन्,’– उनले भने ।
- रिपोर्टस नेपाल
प्रकाशित मिति: ११ फाल्गुन २०८१, आइतबार












प्रतिक्रिया