काठमाडौं । सत्तारुढ दलकी सांसद सूर्यकुमारी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा देशले विकास र राष्ट्रिय स्वाभिमानको यात्रामा नयाँ गति लिएको दाबी गरेकी छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद श्रेष्ठले सरकारका कार्यप्रति विश्वास व्यक्त गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय लक्ष्य साकार हुँदै गएको बताइन्। प्रधानमन्त्री ओलीको दृढ इच्छाशक्ति र स्पष्ट दृष्टिकोणले देशले सही मार्ग अपनाएको उनको भनाइ थियो।

advertisement

“प्रधानमन्त्री ओलीको दूरदर्शी नेतृत्वमा आज देश सही दिशातर्फ अघि बढिरहेको छ,” श्रेष्ठले भनिन्, “उहाँले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नाराले अब नेपाली जनजीवनमा वास्तविकता बन्दै गएको छ।”

उनले भौतिक पूर्वाधारमा सरकारले गरेको काम उल्लेखनीय भएको बताउँदै भनिन्, “पूर्व–पश्चिम राजमार्गको स्तरोन्नति, सुरुङमार्गको शुरुवात, ७७ वटै जिल्लालाई सडक सञ्जालमा जोड्ने प्रयास जस्ता कदमहरूले विकासको गतिमा नयाँ ऊर्जा थपेको छ।”

सामाजिक सुरक्षा भत्ता वृद्धि गरी ज्येष्ठ नागरिकप्रति गरिएको सम्मानले राष्ट्रिय स्वाभिमानलाई बलियो बनाएको उल्लेख गर्दै उनले प्रधानमन्त्रीको प्रशंसा गरिन्।

सरकारका सकारात्मक कामहरूमाथि पनि अनावश्यक आलोचना भइरहेको भन्दै श्रेष्ठले त्यसप्रति असन्तुष्टि व्यक्त गरिन्। “विकासलाई निरन्तरता दिन सबै पक्ष सकारात्मक सोचका साथ अघि बढ्न जरुरी छ,” उनले भनिन्, “सरकारले गरेका राम्रा कार्यलाई पनि नकारात्मक रूपमा चित्रण गर्नु राष्ट्रनिर्माणमा बाधक बन्न सक्छ।”

उनले देश निर्माणको वर्तमान अभियानलाई साझा जिम्मेवारीको रूपमा लिएर सबैलाई सहकार्य र समर्थनका साथ अघि बढ्न आग्रह गरिन्।

प्रकाशित मिति: ८ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com