काठमाडौं । संवैधानिक परिषदको काम, कर्तव्य र अधिकारसम्बन्धी ऐन संशोधन विधेयक फिर्ता गरिएको विषयमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले चासो व्यक्त गरेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको मर्म विपरीत परिषद् बैठक बस्न सक्ने र निर्णय लिन सक्ने खालको प्रावधान विधेयकमा उल्लेख रहेको भन्दै बिहीबार उक्त विधेयक पुनर्विचारका लागि संसदमा फिर्ता गरेका थिए।

advertisement

यही प्रसंगमा सभामुख घिमिरे शुक्रबार बिहान राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेका थिए। भेटका क्रममा उनले विधेयक फिर्ताको विषयमा आफ्नो चासो र सरोकार राखेको स्रोतले जनाएको छ।

भेटवार्तामा सभामुख घिमिरेले यही जुलाई २९ देखि ३१ सम्म स्वीट्जरल्याण्डको जेनेभामा हुने विश्व सभामुख सम्मेलनमा नेपालको सहभागिताका सम्बन्धमा राष्ट्रपतिलाई जानकारी गराएका थिए।

उक्त सम्मेलनमा सहभागी हुन सभामुख घिमिरे आगामी जुलाई २७ मा जेनेभा प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com