काठमाडौं । नेपालका ऊर्जा क्षेत्र सुधारका अभियन्ता कुलमान घिसिङलाई अमेरिकाको न्यूयोर्कमा आयोजित एक विशेष समारोहमा “ग्लोबल हिरो अवार्ड”बाट सम्मानित गरिएको छ। नेपाली डायस्पोराको प्रतिनिधित्व गर्ने हामी नेपाली ग्लोबल संस्थाको आयोजनामा प्रदान गरिएको यस अवार्डमार्फत घिसिङको राष्ट्रिय योगदानलाई अन्तर्राष्ट्रिय स्तरमा सम्मान गरिएको हो।

अवार्ड प्राप्त गरेपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै घिसिङले आयोजक संस्था हामी नेपाली ग्लोबलका अमृत लामा लगायत सम्पूर्ण टिमलाई धन्यवाद दिएका छन्। उनले लेखेका छन्, “न्युयोर्कमा मलाई ग्लोबल हिरो अवार्डबाट सम्मानित गर्नु भएकोमा हामी नेपाली ग्लोबल संस्थाका अमृत लामा लगाएत सम्पूर्ण टिमलाई धन्यवाद। यस्तै कार्यले संसारभरिको नेपालीहरूलाई जोड्दै जाओस्। शुभकामना।”

advertisement

कार्यक्रममा विविध क्षेत्रका नेपाली मूलका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। आयोजक संस्थाका अनुसार घिसिङले नेपालको ऊर्जा क्षेत्रमा पुर्‍याएको योगदान, लोडसेडिङ अन्त्यमा खेलेको भूमिकालाई विश्वव्यापी नेपाली समाजले उच्च मूल्यांकन गरेको छ।

सम्मानपछि घिसिङले आफूलाई प्राप्त यो अवार्ड सम्पूर्ण नेपाली जनसमुदायप्रति समर्पित रहेको उल्लेख गर्दै यसले आगामी दिनमा अझ धेरै सकारात्मक काम गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com