काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको मधेश भ्रमणप्रति टिप्पणी गर्दै केवल हेलिकप्टरबाट निरीक्षण गरेर समस्याको समाधान नहुने धारणा राखेकी छन्।

सोमबार प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथि छलफल हुँदै गर्दा उनले भनिन्, “खडेरी परेको क्षेत्रलाई हेलिकप्टरबाट हेरेर मधेशमा पानी आउँदैन, चुरेको संरक्षणसँग यो समस्या जोडिएको छ।”

advertisement

सांसद श्रेष्ठले चुनाव केन्द्रित सोचले दीर्घकालीन समाधान सम्भव नहुने उल्लेख गर्दै मधेशमा रहेको पानीको अभावलाई गम्भीरतापूर्वक लिनुपर्ने आवश्यकता औंल्याइन्। “निर्वाचनदेखि निर्वाचनसम्म सोचेर हुँदैन, समस्या स्थायी रूपमा समाधान गर्नु पर्छ,” उनले भनिन्।

त्यसैगरी, उनले सार्वजनिक जग्गामा सरकारको दृष्टि नराख्न चेतावनी दिँदै वन तथा राष्ट्रिय निकुञ्जसँग सम्बन्धित धाराहरू खारेज गर्न पनि माग गरिन्।

प्रधानमन्त्री ओली साउन ७ गते खडेरीको अवस्था निरीक्षण गर्न मधेश पुगेका थिए।

प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com