काठमाडौं ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सरकारले पर्यटन प्रवर्द्धनका लागि निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताएका छन्। सोमबार मन्त्रालयमा आयोजित कार्यक्रममा ‘पर्यटनीति २०८२’ सार्वजनिक गर्दै मन्त्री पाण्डेले सरकार निजी क्षेत्रको अग्रसरतालाई सघाउने भूमिकामा रहेको स्पष्ट पारे।

“निजी क्षेत्र आत्मविश्वासका साथ अघि बढ्नुस्, सरकार समन्वयका लागि तयार छ,” मन्त्री पाण्डेले भने, “निजी क्षेत्र सक्रिय भएपछि मात्र सकारात्मक परिणाम हासिल गर्न सकिन्छ।”

advertisement

उनले संविधानसभाबाट जारी २०७२ को संविधानसँगै संघीयता कार्यान्वयनका लागि मन्त्रालयले नीतिगत रूपमा अघि बढिसकेको जानकारी दिए। उनका अनुसार हाल संस्कृति नीति र हवाई नीति मन्त्रिपरिषद्को विधेयक शाखामा छलफलको चरणमा छन् भने मन्त्रालयमार्फत १३ वटा विधेयक अगाडि बढाइएको छ।

२०६५ को पर्यटन नीतिलाई प्रतिस्थापन गर्दै तयार गरिएको ‘पर्यटनीति २०८२’ मा “अद्धितीय पर्यटकीय गन्तव्य : नेपाल” भन्ने शब्दावली नीति संरचनाको दृष्टिकोणका रूपमा समावेश गरिएको मन्त्री पाण्डेले बताए।

उनका अनुसार नयाँ नीति नेपाललाई “आकर्षक जीवनपर्यन्त अनुभव, सुरक्षित, भरपर्दो र दिगो गन्तव्य” का रूपमा विकास गर्न लक्षित छ। यसले राष्ट्रिय अर्थतन्त्रमा समेत सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com