हेटौंडा । बागमती प्रदेश सरकारमा संकट उत्पन्न भएको छ । प्रदेश सरकारमा जलस्रोत, ऊर्जा तथा सिँचाईं मन्त्री श्यामकुमार खड्काले राजीनामा दिएका छन् । खड्कासँगै यसअघि चार मन्त्रीहरूले पनि राजीनामा दिएका थिए ।

यसअघि युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारण मन्त्री मधुकुमार श्रेष्ठले राजीनामा दिएका थिए ।

advertisement

राजीनामा दिएका यी पाँचै मन्त्रीले कांग्रेस प्रदेश संसदीय दलको नेताबाट मुख्यमन्त्री बहादुरसिंह लामालाई हटाउन अविश्वास प्रस्ताव दर्ता गराएका छन् । उक्त प्रस्तावमा खड्कासहित २२ जना सांसदहरूले हस्ताक्षर गरेका छन् ।

बागमती प्रदेश सरकारमा मुख्यमन्त्री सहित १४ मन्त्रालयहरू छन्, जसमा नेकपा एमालेका ६ र नेपाली कांग्रेसका ८ मन्त्री छन् । कांग्रेस भित्रको असन्तुष्टिका कारण यो संकट उत्पन्न भएको जनाइएको छ ।

प्रदेशमा जारी राजनीतिक विवादले सरकारको कार्यक्षमता प्रभावित हुने सम्भावना बढेको छ ।

प्रकाशित मिति: १३ श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com