काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीले नेतृत्व गरेका स्थानीय तहहरूमा पार्टीको हस्तक्षेप नरहेको दाबी गरेका छन्।
मंगलबार ललितपुरमा आयोजित ‘सामाजिक न्याय, समावेशिता र सामाजिक संघसंस्थाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अन्य स्थानीय तहको तुलनामा माओवादीले सञ्चालन गरेका पालिकाहरूमा राम्रो काम भइरहेको दाबी गरे।
“स्थानीय तहका काममा पार्टीले हस्तक्षेप गर्दैन,” उनले भने, “तर योजनाबद्ध रूपमा अगाडि बढे अझ राम्रो गर्न सकिन्छ।”
उनले अहिलेको अपारदर्शी संरचनाका कारण आर्थिक चलखेल भइरहेकाले इमान्दार संस्थाहरूको पक्षमा हस्तक्षेप आवश्यक हुने धारणा राखे।
देशको राजनीति र सामाजिक संस्थाहरूमा माओवादीको नीति र सोचअनुसार सकारात्मक हस्तक्षेप गर्न चाहेको उल्लेख गर्दै प्रचण्डले सरकारमा रहँदा सामाजिक संघसंस्थाको बजेट सरकारको बजेटसँग दोहोरिने समस्या समाधान गर्न प्रयास गरिएको दाबी पनि गरे।
प्रकाशित मिति: १३ श्रावण २०८२, मंगलबार












प्रतिक्रिया