काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले कानुन निर्माण गर्दा सेवा स्तर सुधार गर्न सक्ने आधार तय गर्नुपर्नेमा जोड दिएका छन्।
मंगलबार सिंहदरबारमा बसेको संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै सापकोटाले हवाई क्षेत्र सुधारका लागि तयार पारिने कानुन संस्थागत र सेवा गुणस्तरमा सुधार ल्याउन सक्षम हुनुपर्ने बताए।
बैठकमा ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ माथि संशोधन प्रस्ताव पेस गरेका सदस्यहरूसँग छलफल भएको थियो। सांसद सापकोटाले छुट्टै संरचना बनाइनु राम्रो भए पनि यदि सेवा स्तर पुरानै जस्तो रह्यो भने त्यसको औचित्य नरहने स्पष्ट पारे।
उनले कानुनले निजी क्षेत्र र वैदेशिक लगानी आकर्षित गर्न सक्ने गरी तयार पारिनुपर्ने र अन्तर्राष्ट्रिय समुदायको विश्वास जित्ने खालको प्रावधान राख्नुपर्ने धारणा राखे।
“संरचनाको मात्र परिवर्तन गरेर हुँदैन,” उनले भने, “कानुनले सुधारको स्पष्ट मार्ग देखाउनुपर्छ, नत्र नयाँ संरचना केवल औपचारिकता मात्र हुन्छ।”
प्रकाशित मिति: १३ श्रावण २०८२, मंगलबार












प्रतिक्रिया