धनगढी । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहबीच आज धनगढीमा भेटवार्ता सम्पन्न भएको छ।

मुख्यमन्त्री निवासमा भएको सो भेटमा सङ्घीय र प्रदेश सरकारबीचको समन्वय, ऊर्जा तथा सिँचाइसम्बन्धी आयोजना र विकास योजनाको प्रभावकारी कार्यान्वयनका विषयमा गहन छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

advertisement

भेटमा मन्त्री खड्काले तीन तहका सरकारबीच सहकार्य र समन्वय अपरिहार्य रहेको उल्लेख गर्दै जनतामा देखिएको निराशा हटाएर दृश्यात्मक परिणाम दिनु वर्तमान सरकारको प्राथमिकता भएको बताए।

उनले प्रदेशका विद्युत्, सिँचाइ तथा जलस्रोत क्षेत्रका प्रमुख योजनाहरूको प्रगति, चुनौती र सम्भावनाहरूबारे जानकारी लिएको र ती योजनालाई थप प्रभावकारी बनाउन केन्द्र र प्रदेश मिलेर अघि बढ्नुपर्नेमा जोड दिए।

सिंचाइ, जलस्रोत व्यवस्थापन तथा विद्युत् आपूर्ति प्रणालीमा सुधारका लागि संस्थागत समन्वय, स्रोत परिचालन र दीर्घकालीन रणनीतिमूलक योजना निर्माण आवश्यक रहेको निष्कर्ष भेटवार्ताबाट निकालिएको छ।

 

प्रकाशित मिति: १३ श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com