काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो घोषणा ‘झूट र हावादारी गफ’ भएको टिप्पणी गरेका छन्।

प्रधानमन्त्री ओलीले केही दिनअघि मधेसका सुक्खा क्षेत्रको भ्रमणपछि ५०० डिप बोरिङ गरिने घोषणा गरेका थिए। यसै सन्दर्भमा लोहनीले सामाजिक सञ्जाल फेसबुकमार्फत कडा प्रतिक्रिया जनाउँदै उक्त घोषणा अवास्तविक र भ्रामक भएको बताएका हुन्।

advertisement

‘प्रधानमन्त्री केपी शर्मा ओलीजीले सुक्खा क्षेत्रको भ्रमणपछि अब नेपाल सरकारले ५०० डिप बोरिङ गर्ने घोषणा गर्नुभयो। यो अर्को झुट र हावादारी गफ हो,’ लोहनीले लेखेका छन्, ‘२०८०/८१ सालमा सरकारले जम्मा ६ वटा डिप बोरिङ बनाएर ३०० हेक्टर जमिनमा सिँचाइ पुर्‍याउने योजना ल्याएको थियो। अब अचानक ५०० बोरिङ गरेर ३०,००० हेक्टरमा सिँचाइ गर्ने कुरा कति यथार्थपरक हो?’

उनले यस्तो प्रकारको घोषणा जनताको जीवन र विश्वाससँग खेलवाड गर्नु भएको आरोप पनि लगाएका छन्।

‘यो त राजनैतिक भ्रष्टाचारजस्तै हो। जनतालाई भ्रममा पार्ने र झूटा आश्वासन बाँड्ने प्रवृत्तिको निरन्तरता हो,’ लोहनीले लेखेका छन्, ‘के यही तपाईंको भनिएको अग्रगमन हो?’ भन्दै उनले प्रधानमन्त्रीको आलोचना गरेका छन्।

प्रकाशित मिति: १५ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com