काठमाडौं ।   नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेले युवाहरूको भविष्य सुनिश्चित गर्न सक्ने सामर्थ्य बोकेको दाबी गरेका छन्। राष्ट्रिय युवा संघ नेपालद्वारा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुकमा राजनीतिक र सामाजिक अस्थिरता फैलाउन खोज्ने शक्तिहरू सक्रिय भएको भन्दै त्यसप्रति सचेत रहन आह्वान गरे।

“राजनीतिक स्थिरता कायम नगरी विकास र समृद्धिको आकांक्षा पूरा हुन सक्दैन,” पोखरेलले भने, “राज्य र राजनीतिक दलहरूलाई सुदृढ बनाउन अहिलेको आवश्यकता भनेको स्पष्ट ध्रुवीकरण हो, ताकि राष्ट्रिय लक्ष्यप्रति केन्द्रित भएर अघि बढ्न सकियोस्।”

advertisement

उनले नयाँ पुस्तालाई जनमत टुक्र्याउने होइन, सशक्त र स्थापित दलप्रति विश्वास जनाउने दिशामा समाजलाई डोर्याउन आग्रह गरे।

“एमाले अहिले युवाको भविष्य निर्माण गर्ने अभियानमा छ,” उनले भने, “मिशन २०८४ केवल निर्वाचनको नारा होइन, यो देशलाई समृद्ध बनाउने दीर्घकालीन यात्राको सुरुआत हो।”

पोखरेलले आगामी चुनावमा एमालेको एकल बहुमत आवश्यक रहेको बताउँदै यस्तो सरकार बनेमा मात्रै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय सपना साकार हुने विश्वास व्यक्त गरे।

प्रकाशित मिति: १५ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com