काठमाडौं ।  नागरिक उन्मुक्ति पार्टी (नाउपा) औपचारिक रूपमा विभाजनमा गएको छ। अध्यक्ष रञ्जिता श्रेष्ठविरुद्धको पक्षले बुधबार बसेको राष्ट्रिय भेलाबाट उनलाई पदमुक्त गर्दै रेशम चौधरीका पिता लालवीर चौधरीलाई पार्टीको नयाँ अध्यक्ष घोषणा गरेको छ।

राष्ट्रिय भेलाबाट रञ्जिता श्रेष्ठलाई पार्टीको साधारण सदस्यतासमेत नरहने गरी हटाइएको हो। पार्टी संरक्षक रहेका रेशम चौधरीका बुबा लालवीरले अध्यक्ष चयनपछि पार्टीलाई विधि र पद्धतिअनुसार अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन्।

advertisement

चौधरीले पार्टी भित्र डेढ वर्षदेखि बैठक नबसेको र नेतृत्व पक्षबाट पार्टी सञ्चालनमा लापरवाही भएको आरोप लगाउँदै वर्तमान निर्णयहरू आवश्यकताले driven भएको जनाए। उनले भने, “उहाँलाई (रञ्जिता श्रेष्ठलाई) हामीले टाढा राखेका होइनौँ। उहाँलाई पनि बोलाएका थियौँ, तर आउनुभएन। यो कदम पार्टीको निकास खोज्ने प्रयास मात्र हो।”

पार्टी विभाजनसँगै अब नेतृत्व विवाद चुलिने देखिएको छ। यसअघि अध्यक्ष रञ्जिता श्रेष्ठले आफू अझै पार्टीको विधिवत् अध्यक्ष रहेको दाबी गर्दै राष्ट्रिय भेला अवैध भएको प्रतिक्रिया दिइसकेकी छन्।

नयाँ अध्यक्ष नियुक्तिको घोषणापछि नाउपाभित्रको आन्तरिक कलह खुल्ला रूपमै सतहमा आएको छ।

प्रकाशित मिति: १५ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com