काठमाडौं । समाजमा छोराले मात्रै बुबाआमाको काजकिरिया गर्छन् भन्ने भ्रम चिर्दै तनहुँमा दुई छोरीहरुले बुबाको किरियामा बसेकी छन् ।

बन्दीपुर– ५ याम्पाढाब निवासी भिमबहादुर क्षेत्रीको ब्लड क्यान्सरले गर्दा ४७ वर्षको उमेर निधन भएपछि उनका दुई छोरी २५ वर्षीया निशा क्षेत्री र २१ वर्षीया अनिशा क्षेत्री किरियामा बसेका हुन् । दुवै छोरीहरुले बिहीबार घरदेखि घाटसम्म काँधमा बोकेर पुर्‍याएका छन् भने दागबत्ती दिएर काजकिरियामा आमासँगै बसेका छन् । अन्तिम संस्कारमा सन्तानको बराबरी दायित्व हुन्छ भन्ने सन्देश दिन बुबाको शव बोकेको, दागबत्ती दिएको र किरियामा बसेको निशा बताउँछिन् ।

advertisement

छोरा र छोरी दुवै बराबर भएकाले बुवाको काजकिरिया गर्नु कतव्य भएकाले किरियामा बसेको अर्को छोरी अनिशाको भनाइ छ । अनिशाले भन्,ि “कतिपयले छोरी किरिया बस्नु हुँदैन भनिरहनु भएको थियो । छोरा छोरी दुवै बराबरी हुन् भन्ने समाजले बुझ्नुपर्छ भनेर बसेको हुँ ।”

सोही ठाउँ निवासी नेपाल पत्रकार महासङ्घ तनहुँका अध्यक्ष धनपति अधिकारीले, छोरीहरुको हिक्मतिलो कदमले किरिया गर्न छोरा नै चाहिन्छ भन्ने भ्रम चिर्न सफल भएको बताए । बुवाआमाप्रति छोरा र छोरीको बराबरी हक र बराबरी कर्तव्य हुने सन्देश प्रवाह भएको अध्यक्ष अधिकारीका्े भनाइ छ । उच्च शिक्षाका लागि अष्ट्रेलिया पुगेका दुबै छोरीहरु नेपाल फर्किएर किरियामा बसेका हुन् ।

प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com