काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले पदबाट राजीनामा दिएको करिब एक महिना बित्न लाग्दा पनि उनको राजीनामा अझै स्वीकृत भएको छैन।

नागरिक उन्मुक्ति पार्टी (नाउपा) संसदीय दलका नेता गंगाराम चौधरीले असार २२ गते सभामुख देवराज घिमिरेलाई पत्र लेख्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएका थिए। सोही दिन नाउपाबाट मन्त्री बनेका राज्यमन्त्री अरुणकुमार चौधरीले पनि पदबाट राजीनामा दिएका थिए।

advertisement

तर, झण्डै एक महिना बितिसक्दा पनि चौधरीको राजीनामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट स्वीकृत भइसकेको छैन। यसबीचमा अन्य मन्त्रीहरूको हेरफेर र राजीनामा स्वीकृति सहज रूपमा भए पनि चौधरीको हकमा प्रक्रिया अघि बढ्न नसकेको हो।

संसद्मा भने नाउपाका सांसदहरू असार २२ यता प्रतिपक्षी बेञ्चमा बस्दै आएका छन्, जसले पार्टीको सत्ता साझेदारी अन्त्य भएको स्पष्ट देखाउँछ। तर, कार्यकारी तहमा चौधरी अझै राज्यमन्त्रीकै रूपमा देखिएका छन्।

यसै अवधिमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको राजीनामा स्वीकृत भइसकेको छ। गुप्ताको स्थानमा भगवती न्यौपाने नियुक्त भई सपथ लिइसकेका छन्, र मन्त्रिपरिषद्मा उनको नाम अद्यावधिकसमेत भइसकेको छ।

तर, चौधरीको राजीनामाबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमा कुनै अद्यावधिक सूचना छैन। वेबसाइटमा उनी अझै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीको रूपमा उल्लेखित छन्।

यसले सरकारको निर्णय प्रक्रिया र पारदर्शितामाथि प्रश्न खडा गरेको छ। राजीनामा स्वीकृत गर्ने संवैधानिक प्रक्रिया अझै किन अगाडि नबढाइएको हो भन्ने विषयमा सरकारी निकायबाट कुनै औपचारिक प्रतिक्रिया आएको छैन।

प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com