महोत्तरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मधेस प्रदेशस्तरीय पूर्ण बैठक आइतबार महोत्तरीको बर्दिबासमा सम्पन्न भएको छ।
बैठकमा जिल्लागत संगठनात्मक प्रगति, रिक्त पदहरूको पूर्ति, संगठन सबलीकरण अभियान तथा प्रशिक्षण कार्यक्रमको कार्ययोजना, हस्ताक्षर संकलन अभियान, हुलाकी राजमार्गमा हुने राजनीतिक यात्रा, साथै बारा र सप्तरी जिल्लाका पार्टी समितिसम्बन्धी गुनासोहरूबारे गहिरो छलफल गरिएको पार्टी प्रवक्ता तथा सांसद मनिष झाले जानकारी दिए।
बैठकमा कार्यवाहक सभापति एवं सांसद डीपी अर्याल प्रमुख अतिथिका रूपमा सहभागी थिए। त्यसका साथै मधेस प्रदेश इन्चार्ज, प्रवक्ता तथा सांसद मनिष झा, सांसद प्रा. डा. चन्दा कार्की, केन्द्रीय सदस्य डा. नन्दन यादव, कामिनी चौधरीलगायत पार्टीका अन्य केन्द्रीय नेताहरूको उपस्थिति रहेको थियो।
बैठकले मधेस प्रदेशमा पार्टी संरचना सुदृढ गर्दै आगामी राजनीतिक कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
प्रकाशित मिति: १८ श्रावण २०८२, आइतबार













प्रतिक्रिया