भारत । उत्तराखण्डको धराली गाउँ नजिक मंगलबार दिउँसो आएको भीषण पहिरोका कारण कम्तीमा २०० जनाको ज्यान गएको छ। दिउँसो १:४५ बजे हर्षिलस्थित भारतीय सेनाको शिविरबाट करिब ४ किलोमिटर टाढा बाढी पहिरो गएकाे हो।
घटनापछि भारतीय सेनाले तत्काल उद्धार कार्य सुरु गरेको छ। सेना स्रोतका अनुसार घटनास्थलमा १५० जना सैनिक खटाइएका थिए, जसले १० मिनेटभित्रै उद्धार सुरु गरेका थिए। हालसम्म १५ देखि २० जनालाई जीवितै उद्धार गरिएको जनाइएको छ। घाइतेहरूलाई हर्षिलस्थित भारतीय सेनाको चिकित्सालयमा उपचार भइरहेको छ।
घटनास्थलमा अझै पनि उद्धार कार्य जारी रहेको र फसेका व्यक्तिहरूको खोजी गर्न सबै स्रोत परिचालन गरिएको भारतीय सेनाले जनाएको छ। सेनाका अनुसार स्थिति निरन्तर निगरानीमा राखिएको छ र प्रभावित नागरिकलाई आवश्यक सबै सहयोग प्रदान गर्न सेना पूर्ण रूपमा प्रतिबद्ध रहेको छ।

प्रकाशित मिति: २० श्रावण २०८२, मंगलबार













प्रतिक्रिया