काठमाडौं । चार संसदीय समितिको बैठक बुधबार बस्दैछ। दुई प्रतिनिधिसभा र दुई राष्ट्रिय सभाको बैठक बस्न लागेको हो।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान १० बजेका लागि बोलाइएको छ। बैठकमा ‘लुम्बिनी विकास कोषको वर्तमान अवस्था, प्रगति र चुनौती’लगायत विषयमा समसामयिक छलफल गर्ने कार्यसूची छ।

advertisement

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ का सम्बन्धमा दफावार छलफल हुने संसद् सचिवालयले जनाएको छ। बैठक बिहान ११ बजे बस्नेछ।

यस्तै विधायन व्यवस्थापन समितिको बैठक पनि बिहान ११ बजे नै बस्नेछ। बैठकमा ‘जलस्रोत विधेयक, २०८१’ को मस्यौदा प्रतिवेदन उपर छलफल हुनेछ ।

त्यस्तै, सार्वजनिक नीति तथा प्रत्योजित विधायन समितिमा ‘राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदन’का सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ। बैठक दिउँसो १ बजे बस्नेछ।

 

प्रकाशित मिति: २१ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com