काठमाडौं । नेपाल विद्युत प्राधिकरण चनौली वितरण केन्द्र, चितवनका प्रमुख रामकुमार श्रेष्ठको सरुवा भएको छ ।

गत साउन १० गते विद्युत आपूर्ति कट्टौती गर्ने एक दिने सूचना लोडसेडिङ कै झल्को दिने गरी प्रकाशन गरेका श्रेष्ठलाई प्राधिकरणले पूर्वी नवलपरासीको सदरमुकाम कावोसाती सरुवा गरिएको हो ।

advertisement

प्राधिकरणले कर्मचारी सेवा सर्त विनियमावली २०७५ को विनियम ४९ को उपविनियम १ को खण्ड९ग० बमोजिम वितरण तथा ग्राहक सेवा निर्देशानालय अन्तर्गत कावासोती वितरण केन्द्रमा सरुवा गरेको जनाएको छ ।

चनौली वितरण केन्द्रमा माग अनुसारको विद्युत सप्लाई हुन नसकेको भनेर केन्द्र प्रमुख श्रेष्ठले लोडसेडिङ सम्झाउने गरी तालिका प्रकाशन गरेपछि प्राधिकरण आलोचित बनेको थियो ।

प्राधिकरणको ब्यापक आलोचना भएपछि प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य आफैं चितवन आएका थिए । साउन १२ गते चितवन आएका शाक्य समस्या भएको चनौली वितरण केन्द्र पुग्दा केन्द्र प्रमुख श्रेष्ठ जिल्लामा नै भएर पनि उपस्थित भएका थिएनन् ।

श्रेष्ठ कार्यालयमा नभएपछि शाक्यले अन्य इन्जिनियरहरुसँग अवस्थाको बारेमा जानकारी लिएका थिए । पश्चिम चितवनको माडी, जगतपुर, शुक्रनगर, विजयनगर, रामपुर तथा पूर्वी चितवनका विभिन्न स्थानमा देखिएको विद्युत आपूर्तिको समस्या साउन १३ गतेदेखि समाधान भएको छ ।

 

प्रकाशित मिति: २१ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com