काठमाडौं । नेपाली कांग्रेसका नेता भुपेन्द्रजंग शाहीले पार्टीलाई आन्तरिक एकता, सुधार र रुपान्तरणमार्फत संकटबाट जोगाउन सबैलाई सामूहिक रूपमा अघि बढ्न आग्रह गरेका छन्।

शाहीले सामाजिक संजालमा लेख्दै हालको विषय परिस्थितिमा युवाको आक्रोश र जनताको भावना आत्मसात् गर्दै विगतका गल्ती तथा कमजोरीको आत्मसमीक्षा गरेर अब त्यस्ता गल्ती दोहोरिन नदिने प्रतिबद्धता जनाएका छन ।

advertisement

उनले भने,’ व्यक्तिगत स्वार्थभन्दा माथि उठेर लोकतन्त्र, स्वतन्त्रता, मानवअधिकार र नागरिक अधिकारको रक्षा गर्न सामूहिक भावनासहित अघि बढ्नु अपरिहार्य छ।’

अहिले एकअर्कामाथि हिलो छ्याप्ने समय होइन। आपसी मतभेद र झगडालाई बिर्सेर, हातमा हात, काँधमा काँध मिलाएर अघि बढ्नुपर्ने शाहीले उल्लेख गरेका छन् ।

शाहीले संकट र चुनौतीलाई पन्छाउँदै नेपाली काङ्ग्रेसलाई बचाउन सबैलाई धैर्य, संयमता र जिम्मेवारीका साथ अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन । उनले निराशा वा बहकावटले नभई, बुद्धिमत्तापूर्ण र गम्भीरतापूर्वक सामूहिक कदम चाल्नुपर्ने आजको साझा दायित्व भएको बताए ।

शाहीले भनेका छन्, ‘नेपाली काङ्ग्रेस व्यापक सुधार र आमूल रुपान्तरण गरेर अगाडि बढ्नु बाहेक आज अर्को कुनै विकल्प छैन। यही हो आजको आवश्यकता- बृहत्तर एकता, सुध्रिने र सच्चिने स्पष्ट प्रतिबद्धता।’

प्रकाशित मिति: ३१ भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com