काठमाडौं । पूर्व सूचना प्राप्त भएको भए सायद त्यसरी असमझदारी उत्पन्न हुने थिएन, घरको नक्सा बोकेर नहिँड्ने भएकाले त्यसदिन आरोप-प्रत्यारोपको स्थिती सृजना भएको अल्फाबिटाको संचालकको भनाइ छ। नगरपालिकामा पनि नक्साको प्रतिलिपी हुन्छ, नक्सा अनुरुप नै व्यवसायिक प्रयोजनको निम्ती भवन प्रयोग गरिएको भन्न खोज्दा त्यसको उल्टो अर्थ लाग्न गएको उनले थपे ।

उनले त्यो दिन आफूहरुले समय मात्रै मागेको बताउँदै महानगरपालिकाले जनतालाई सुसुचित गरेर आफ्ना काम कारवाही गर्नुपर्छ भन्न खोजिएको बताए । व्यवसायिक प्रयोजनका हिसाबले भुँई तला भनेर नक्सा पास भएको भए पनि अब आफ्नै प्रयोजनका निम्ती पार्किङ फ्लोर नै बनाउने तयारी अल्फाबिटाले गरेको छ ।

महानगरले सडक विभागसँग समन्वय गरेर मुलबाटोसँग पहुँच दिए, अब अल्फाबिटाको भुँई फ्लोरलाई पार्किङमा परिणत गरिने भएको छ । कोभिडको समयमा पिसिआर ल्याब संचालनमा ल्याइएको उक्त स्थानबाट करिब २ लाखको पिसिआर टेष्ट गरिएको अल्फाबिटाले जनाएको छ ।

काठमाडौं महानगर वडा नम्बर १० का बासिन्दालाई मेडिकल ल्याब टेष्टमा ५० प्रतिशत छुट दिइएको बताइएको छ । विधिवत्रुपमा दर्ता गरेर संचालन गरिएको औषधी पसलमा डोजर लगाउनुपूर्व सामान स्थानान्तरण गर्ने गरि समय उपलब्ध गराइएको भए हुन्थ्यो भन्ने अल्फाबिटाको भनाई छ ।

अल्फाबिटा कम्प्लेक्सको अन्डरग्राउन्ड फ्लोरमा पार्किङको व्यवस्था गर्न संरचनागत सुधार गर्न सुरु गरिसकेको शर्माले बताए । पार्किङमा जान सडकबाट शाखा बाटो निर्माण गर्नुपर्ने भएकाले सम्बन्धित निकायलाई पत्राचार गरिसकिएको छ ।

नगर प्रमुख बालेनको यो अभियानलाई सहयोग गर्न अल्फाबिटा सधैं तयार रहेको र त्यसअनुरुप महानगरलाई व्यवस्थित बनाउने अभियानमा आगामी दिनमा हातेमालो गर्न अल्फाबिटा तयार रहेको शर्माले बताए । आफू बस्ने शहर स्वच्छ, व्यवस्थित र सुन्दर हुँदा नगरबासीलाई नै फाइदा हुने भएकाले महानगरको उक्त सोचमा आफु सधैं सकारात्मक रहेको शर्मा बताउँछन् ।

 

प्रकाशित मिति: १८ भाद्र २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com