काठमाडौं । नेपाली कांग्रेसका लुम्बिनी प्रदेश कार्यसमिति सदस्य तथा अनुशासन समितीका संयोजक माधव प्रसाद खरेलले १५औँ महाधिवेशन मंसिरभित्र सम्पन्न गर्नुपर्ने जिम्मेवारीबाट भागेर हिँड्ने छुट कसैलाई नभएको बताएका छन्।

ग्लोबल नागरिक सँगको कुराकानीमा उनले भने, – ‘कम्युनिस्ट पार्टिहरुले समयमै अधिबेशन गर्न लागेको अवस्थामा प्रजातान्त्रिक इतिहास बोकेको नेपाली काङ्ग्रेसले समयमै महाधिवेशन गर्न नसक्नु घोर अप्रजातान्त्रिक कार्य हो।’

advertisement

‘अब नियमित महाधिवेशनको विकल्प नै नियमित महाधिवेशन हो । अरू अन्यथा कुरा गरेर अलमलमा पारेर नियमित महाधिवेशनलाई ओझेलमा पार्ने गरी विषायन्तर नगरौँ,’ खरेलले भनेका छन्, ‘१५औँ महाधिवेशन मंसिरभित्र सम्पन्न गर्नुपर्ने जिम्मेवारीबाट भागेर हिँड्ने छुट कसैलाई छैन । पानीमाथि बसेर कोही ओभानो हुँदैन ।’

जनताको अपेक्षा र जेनजीको मागलाई आत्मसात गर्दै पार्टी अगाडि बढ्नु पर्ने जोड दिँदै अहिलेको समस्याको निकास पुरानै पारा, पुरानै तरिका, पुरानै सोच र पुरानै म्यान्डेटबाट सम्भव हुन नसक्ने नेता खरेलको भनाइ छ ।

‘परिवर्तनको सन्देश र अहिलेको जेनजी पुस्ताको सहभागितालाई सुनिश्चितता गर्दै नियमित महाधिवेशन मंसिरभित्र गर्नुको अर्को कुनै विकल्प छैन,’ उनले भनेका छन् ।

प्रकाशित मिति: १५ कार्तिक २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com