काठमाडौं । भारतको कम्पनी पीटीसी इन्डियासँग गरिएको विद्युत् खरिद–बिक्री सम्झौतामा राष्ट्रलाई करोडौंको नोक्सानी पुर्याएको आरोप लगाउँदै ‘जेन–जी मुभमेन्ट’ले ऊर्जामन्त्री कुलमान घिसिङको बर्खास्तीको माग गरेको छ।
मुभमेन्टका प्रवक्ता विजय साहद्वारा मंगलबार जारी विज्ञप्तिमा ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणको संलग्नतामा गरिएको सम्झौताबाट करिब ४३ करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको दाबी गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, ऊर्जामन्त्री कुलमान घिसिङलाई तत्काल पदमुक्त गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दर्ता गर्नुपर्छ। प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवाललाई निलम्बन गरी सम्पत्ति शुद्धीकरण ऐन अन्तर्गत छानबिन थालिनुपर्छ।
मुभमेन्टले विद्युत् नियमन आयोगलाई स्वतन्त्र छानबिन समिति गठन गरी सबै विद्युत् सम्झौताहरू सार्वजनिक गर्न र राष्ट्रघाती कार्यमा संलग्नलाई कारबाही गर्न माग गरेको छ।
‘जेन–जी मुभमेन्ट’का संयोजक रविकिरण हमाल हुन्।
प्रकाशित मिति: २५ कार्तिक २०८२, मंगलबार













प्रतिक्रिया