काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीभित्र सामाजिक सञ्जालमार्फत एक–अर्कामाथि आरोप–प्रत्यारोप र सहकर्मीलाई होच्याउने प्रवृत्ति देखिनु आत्मघाती भएको टिप्पणी गरेका छन्।

मंगलबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो व्यवहारले कांग्रेसको संगठन र एकतालाई कमजोर बनाउने बताए।

advertisement

डा. महतका अनुसार जारी केन्द्रीय समिति बैठकमा आगामी महाधिवेशनको मिति छिटो टुंग्याउनेबारे नेताहरूबीच सहमति खोजिएको छ। उनले भने,  महाधिवेशन छिटो गर्नुपर्नेमा सबैको धारणा एउटै भए पनि त्यसका लागि तयारी र समयबारे मतभेद रहेको छ।

उनले बैठकको अन्त्यसम्ममा महाधिवेशनबारे स्पष्ट निर्णय हुने विश्वास व्यक्त गरे।

डा. महतले थपे, सामाजिक सञ्जालमा आफ्नै साथीभाइलाई लाञ्छना लगाउने र नियोजित रूपमा बदनाम गर्ने प्रवृत्ति आत्मघाती हो, यो तत्काल रोकिनुपर्छ।

उनका अनुसार सरकारले चुनावका लागि वातावरण तयार पारेको अवस्थामा कांग्रेस निर्वाचनमा सहभागी हुनेमा एकमत छ, अन्यथा संसद् पुनर्स्थापनाको माग अघि सारिनेछ।

हाल कांग्रेसभित्र महाधिवेशनको समय र नेतृत्व परिवर्तनको विषयमा संस्थापन पक्ष र दुई महामन्त्रीबीच मतभेद कायम छ।

प्रकाशित मिति: २५ कार्तिक २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com