काठमाडौं । भ्रष्टाचारको अन्त्य गरी सुशानको आवाज उठिरहेको बेला नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले भ्रष्टाचारीहरुलाई मृत्युदण्डसम्मको दण्ड हुनुपर्नेमा माग गरेका छन् । यसका लागि संविधानमै यसको व्यवस्था हुनुपर्नेमा उनको जोड छ ।
ट्रक व्यवसायीसंघ भक्तपुरको २६ औं वार्षिक साधारण सभाको शुक्रबार भक्तपुरमा उदघाटन गर्दै उनले २०४६ सालभन्दा यो व्यवस्था नेपालमा भएको र पछि हटाएको जानकारी गराए ।
देशमा भ्रष्टाचारीहरु वढ्दो रहेकोले यसको आवश्यकता भएको उनले औंल्याए ।
प्रकाशित मिति: ५ मंसिर २०८२, शुक्रबार












प्रतिक्रिया