काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजीहरुको प्रमुख मागहरुलाई बेवास्ता गर्दै निर्वाचन केन्द्रित छलफलमा लागेकी छन्।

जेनजी विद्रोहका प्रमुख ३० बढी जेनजी समुहहरुको संयुक्त मागपत्र लिन इन्कार गर्दै आएकी प्रधानमन्त्री कार्की नेकपा एमालेसँग छलफलमा व्यस्त देखिन्छिन्।

advertisement

सिंहदरबार र बालुवाटारमा बास्तबिक जेनजीहरुको मागलाई इन्कार गर्दै प्रवेश निषेध गरेकी कार्की हाल निर्वाचन केन्द्रीत दलहरूसँग छलफलमा व्यस्त छिन्।

यतिबेला, प्रधानमन्त्री कार्की र नेकपा एमालेका नेताहरूबीच बालुवाटारमा छलफल जारी छ ।

छलफलमा सहभागी हुन नेकपा एमालेका तर्फबाट महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र नेता महेश बर्तौला सहभागी छन् ।

सरकारका तर्फबाट प्रधानमन्त्री कार्कीसहित सञ्चारमन्त्री जगदीश खरेल, प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठ र प्रेस संयोजक राम रावल सहभागी छन् ।

सिंहदरबार र बालुवाटारमा बास्तबिक जेनजीहरुको मागलाई इन्कार गर्दै प्रवेश निषेध गरेकी कार्की हाल निर्वाचन केन्द्रीत दलहरूसँग छलफलमा व्यस्त छिन्।

जेनजी आन्दोलनका मागलाई लत्याएर बेवास्ता गर्दै निर्वाचन केन्द्रित राजनीतिमा सीमित भएको भन्दै कार्की नेतृत्वको सरकारमाथि चौतर्फी आलोचना चर्किंदै गएको छ। जेनजी आन्दोलनसँग जोडिएका प्रमुख जेनजी नेतृत्वकर्ताहरुले यदि सरकार यही बाटोमा अगाडि बढे जेनजीहरूले फेरि विद्रोह गर्ने चेतावनी दिएका छन्।

सुशीला कार्की नेतृत्वको सरकारले जेनजीहरुको रगत र बलिदानको अबमुल्य गरेको भन्दै कार्की नेतृत्व सरकारको विकल्प खोज्ने अधिकांश जेनजीसमुहले जनाएको छ।

प्रकाशित मिति: ११ मंसिर २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com