काठमाडाैं । भोजपुरको हतुवागढी गाउँपालिका–६ होम्ताङमा आज भएको एम्बुलेन्स दुर्घटनाका घाइते दुवै जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको छ।

दुर्घटनामा सवारी चालक सोही वडाका सञ्जीव राई र गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख जयकुमार राई गम्भीर घाइते भएका थिए।

advertisement

प्रदेश १–०२–००१ झ ०७३७ नम्बरको हतुवागढी गाउँपालिकाको एम्बुलेन्स बिरामीलाई होम्ताङ पुर्‍याएर घोडेटार फर्किने क्रममा दुर्घटना भएको इलाका प्रहरी कार्यालय घोडेटारले जनाएको छ।

घाइतेलाई हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौँ पठाइएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए।

प्रकाशित मिति: १६ मंसिर २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com