काठमाडौं । हामी नेपालका संस्थापक सुदन गुरुङले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग गरेका छन्। उनले पक्राउ नगरे देशभर विरोध प्रदर्शन गर्ने चेतावनी पनि दिएका छन्।

गुरुङले आइतबार सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै भदौ २३ को जेन–जी आन्दोलनको घटनामा तत्कालीन नेतृत्व नै जिम्मेवार रहेको उल्लेख गर्दै कारबाही गर्न सरकारसँग आग्रह गरेका हुन्। उनले वर्तमान गृहमन्त्रीलाई चुनौती दिँदै छानबिन आयोगको प्रतिवेदनअनुसार कदम चाल्न हिम्मत देखाउन आग्रह गरे।

advertisement

‘अब पनि सरकारले आफ्नो बोली राखेन भने देशभर विरोध प्रदर्शन हुनेछ,’ भन्दै गुरुङले सरकारको प्रतिबद्धता पूरा नभए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।

उनका अनुसार आन्दोलनको समयमा भएको दमनका लागि तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री नै जिम्मेवार रहेकाले उनीहरूविरुद्ध कडा कारबाही हुनुपर्ने माग निरन्तर उठाइरहेका छन्।

प्रकाशित मिति: २१ मंसिर २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com