काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला २ लाख ५२ हजार १०० रुपैयाँ पुगेको छ। मंगलबार सुनको मूल्य २ लाख ५१ हजार ९०० रुपैयाँ कायम भएकाे थियो।
चाँदीको मूल्यमा भने भारी वृद्धि भएको छ। मंगलबार प्रतितोला ३,६०० रुपैयाँ रहेको चाँदी बुधबार ३,७५० रुपैयाँ पुगेको हो।
प्रकाशित मिति: २४ मंसिर २०८२, बुधबार













प्रतिक्रिया