काठमाडौं । आगामी निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम देशका चार जिल्लाबाट सिफारिस भएको छ। काठमाडौं–४ सहित सर्लाही, रोल्पा र धनकुटाबाट समेत थापालाई उम्मेदवार बनाउने प्रस्ताव आएका छन्।

१५औँ महाधिवेशनमा पार्टी सभापति पदका दावेदार रहेका थापा यसअघि भएका तीनै निर्वाचनमा काठमाडौं–४ बाटै प्रतिस्पर्धा गर्दै आएका छन्। पछिल्लो चुनावमा उनले एमालेका राजन भट्टराईलाई उल्लेखनीय मतान्तरले पराजित गरेका थिए।

advertisement

यसपटक पनि काठमाडौं–४ बाट थापाको नाम एकल रूपमा सिफारिस भएकाले यो क्षेत्र उनका लागि मुख्य विकल्प देखिन्छ। सर्लाही–४ बाट भने थापा र वीरन्द्रप्रसाद सिंह दुवैको नाम आएको छ।

रोल्पामा थापासहित लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, मनोजमणि आचार्य, ज्ञानबहादुर वली र मन्दीप सुवेदीलाई पनि सिफारिस गरिएको छ। यद्यपि थापाले आफू आगामी चुनाव काठमाडौं–४ बाटै लड्ने संकेत पुनः  दोहोर्याएका छन्।

प्रकाशित मिति: २४ मंसिर २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com