काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेल्धुराबाट सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस भएका छन्।

सात पटक डडेल्धुराबाट चुनाव जितेका देउवा आठौं पटक उम्मेदवार हुन लागेका हुन्।

advertisement

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सभापति देउवालाई प्रत्यक्षतर्फ उम्मेदवार बनाउन सिफारिस गरिएको गन्यापधुरा गाउँपालिकाका अध्यक्षसमेत रहेका कांग्रेस नेता ईन्द्रबहादुर कार्कीले सेतोपाटीलाई जानकारी दिए।

‘हाम्रो आग्रहअनुसार उहाँ आठौं पटक उम्मेदवार हुँदै हुनुहुन्छ, सर्वसम्मत रूपमा उहाँको नाम सिफारिस गरेका छौं,’ उनले भने, ‘जेनजी आन्दोलनमा उहाँमाथि आक्रमण भयो, अब उहाँ सभापति लड्न पाउनु हुन्न। त्यसैले अन्तिम पटक उम्मेदवार बनाएर जिताउँछौं।’

उनीसहित डडेल्धुराका नेताहरूले हालै निवास महाराजगञ्ज पुगेर देउवालाई भेटेका थिए। त्यसक्रममा देउवाले डडेल्धुरामा आफ्नो माहोल कस्तो छ भनेर बुझेका थिए।

गृहजिल्लाका नेताहरूले आग्रह गरेपछि उनले आफू चुनाव लड्ने बताएका थिए। ‘हामीले एक पटक चुनाव लड्न भनेका हौं, हाम्रो आग्रह मान्नुभएको छ,’ उनले भने।

देउवा २०४८ सालदेखिका चुनावमा डडेल्धुराबाट जित्दै आएका छन्।

प्रकाशित मिति: २५ मंसिर २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com