एजेन्सी ।  पछिल्लो १८ दिनमा इरान, पाकिस्तान र टर्कीबाट एक लाख ४६ हजार १५२ सदस्यसहित १५ हजार ९८९ अफगान परिवार स्वदेश फर्केको अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार फर्कनेहरू पश्चिमी हेरात प्रान्तको इस्लाम काला, पूर्वी नङ्गरहार प्रान्तको तोरखाम, दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक, पश्चिमी निमरोज प्रान्तको पुल-ए-अब्रेसम र एयरपोर्टहरू हुँदै अफगानिस्तानमा प्रवेश गरेका थिए ।

advertisement

सबै फर्केका परिवारहरूले खाना, पिउने पानी, स्वास्थ्य सेवा र आफ्नो गन्तव्यमा पुग्न निःशुल्क यातायातसहित तत्काल सहायता प्राप्त गरेको जनाइएको छ ।

संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्तले यस वर्ष अहिले सम्म इरान, पाकिस्तान र अन्य देशबाट करिब २७ लाख अफगान नागरिक स्वदेश फर्केको बताएका छन् ।

बाँकी अनुमानित ६० लाख अफगान शरणार्थीहरू, मध्ये अधिकांश कागजातविहीन छन् भने उनीहरु मुख्यतया इरान र पाकिस्तानमा रहेका छन् ।

प्रकाशित मिति: २५ मंसिर २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com