बेइजिङ । नेपालका चेपाङ विद्यार्थीहरूले बनाएको स्लिपर्स टु स्याट स्याटेलाइट बुधबार चीनबाट प्रक्षेपण गरिएको छ।
‘स्लिपर्स टु स्याट’ मिसनअन्तर्गत निर्माण गरिएको उपग्रह चीनको इनर मंगोलियास्थित चिउक्वान स्याटेलाइट लन्च सेन्टरबाट काइनेटिका वान रकेटबाट प्रक्षेपण भएको चिनियाँ पत्रिका ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।
चीनबाट सफल प्रक्षेपण भएको यो नेपालभित्रै बनेको पहिलो स्याटेलाइट हो । यसलाई क्युब स्याटेलाइट भनिन्छ । चेपाङ समुदायका ७ र ८ कक्षाका विद्यार्थीहरूको सहभागितामा यो स्याटेलाइट बनाइएको हो ।
स्लिपर टु स्याट’ अर्थात् ‘एक जोर चप्पल किन्न पनि नसक्ने समुदायका मानिसको स्याटेलाइट निर्माणसम्मको यात्रा’ ‘थिम’ राखेर बढाइएको मिशनले सफलता पाएको छ ।
नेपालमै तयार यसलाई स्याटेलाइट प्रतिष्ठानको पहलमा बनाइएको ‘उपग्रह बस’ प्रणाली भनिएको छ । यस प्रणालीमा विद्युत् शक्ति प्रणाली (ईपीएस), स्याटेलाइटभित्रको कम्प्युटर (ओबीसी) र सञ्चार प्रणाली एउटै सर्किट बोर्ड (पीसीबी) मा राखिएको हुन्छ ।
यसको निर्माणमा आभास मास्के रिसभ अधिकारी र चेपाङ विद्यार्थीहरू विश्वास चेपाङसहित जुटेका थिए ।
प्रकाशित मिति: २६ मंसिर २०८२, शुक्रबार













प्रतिक्रिया