काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा बाबुराम भट्टराईले गोरखा–२ बाट चुनाव लड्ने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निर्णयको स्वागत गरेका छन् । उनले ट्वीटरमार्फत प्रचण्डको शानदार विजयको शुभकामना दिएका छन् ।
‘मैले प्रतिनिधित्व गर्दै आएको गोरखा–२ बाट यसपटक क. पुष्पकमल दाहाल प्रचण्ड प्रत्यासी बन्ने निर्णयको म अन्तरहृदयदेखि स्वागत गर्दछु । वर्तमान नेपाल राज्यको उद्गमथलो लिगलिगकोटसमेत रहेको यस क्षेत्रबाट उहाँको उम्मेदवारी निकै सांकेतिक महत्वको छ’, भट्टराईले भने, ‘उहाँको शानदार विजयको हार्दिक शुभकामना !
भट्टराईले चुनावी राजनीतिमा सहभागी नहुने यसअघि नै बताइसकेका छन् । भट्टराईले गोरखाको निर्वाचन क्षेत्र खाली गरेपछि प्रचण्ड चितवनबाट सरुवा हुने भएका हुन् ।
प्रकाशित मिति: २२ आश्विन २०७९, शनिबार
प्रतिक्रिया