कुलमानसँग बालेनले गरे अलग्गै भेट, निर्वाचन सहकार्यबारे सकारात्मक छलफल

बिहीबार बिहान सम्पन्न उक्त छलफलमा आगामी चुनावमा सहकार्य गर्ने सम्भावनाबारे सकारात्मक वार्ता भएको छ।



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी निर्वाचनमा सहकार्यका विषयमा उज्यालो नेपालका संरक्षक तथा अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङसँग छुट्टै छलफल गरेका छन्।

उच्च स्रोतका अनुसार बिहीबार बिहान सम्पन्न उक्त छलफलमा आगामी चुनावमा सहकार्य गर्ने सम्भावनाबारे सकारात्मक वार्ता भएको छ।

advertisement

छलफलपछि बालेन शाह ललितपुरमा रास्वपा सभापति रवि लामिछाने, जेनजी अभियन्ता सुदन गुरुङ, कांग्रेस नेता सुनिल शर्मा लगायतसँग बैठक गर्दै आगामी रणनीति तयार गर्ने तयारीमा छन्।

बैठकका लागि बालेनका नजिकका सहयोगीहरूले कुमार बेनको ज्वागलस्थित निवासमा सबै नेताहरूलाई उपस्थित गराइसकेका छन्।

प्रकाशित मिति: १० पुस २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com