काठमाडाैं । धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीचको सहकार्यप्रति कडा आपत्ति जनाएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भिडियो सन्देशमार्फत साम्पाङले उक्त सहकार्यलाई सत्ताका लागि गरिएको सम्झौता र विदेशी हस्तक्षेपलाई संस्थागत गर्ने प्रयासको रूपमा व्याख्या गरेका छन्। उनले देशमा विदेशी प्रभाव बढ्दै गएको दाबी गर्दै त्यसलाई औपचारिक रूप दिन खोजिएको आरोप लगाए।

advertisement

भिडियोमा नाम नलिइए पनि साम्पाङको टिप्पणी रवि लामिछाने र बालेन शाहतर्फ लक्षित रहेको देखिन्छ। उनले विशेषतः बालेन शाहप्रति आक्रोश व्यक्त गर्दै जेन–जी आन्दोलनका क्रममा देश अशान्त हुँदा मौन बसेको आरोप लगाए।

साम्पाङले आन्दोलनका बेला युवालाई सडकमा उतारेर देश अस्थिर बनेको अवस्थामा नेतृत्वले जिम्मेवारी नलिएको आरोपसमेत गरेका छन्। उनका अनुसार संकटको समयमा अगाडि नआउनेहरूले सत्ता र नेतृत्वको सपना देख्नु जनताप्रति बेइमानी हो।

सामाजिक सञ्जालमार्फत उनले तीव्र शब्दमा प्रतिक्रिया जनाउँदै जनतामा जाने साहस नभएकाहरूले उच्च पदको आकांक्षा राख्नु विडम्बनापूर्ण भएको टिप्पणी गरेका छन्।

प्रकाशित मिति: १३ पुस २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com