काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग ‘बृहत् एकता’को सहमति गरेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को वरीयता सोमबार (पुस १४) टुंगो लगाइने भएको छ । बालेन र रास्वपाका सभापति रवि लामिछानेले आइतबार (पुस १३) सातबुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।
रास्वपा सभापति रवि नै र आसन्न प्रतिनिधिसभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उमेदवार बालेन हुने सहमतिपत्रमा उल्लेख छ । तर, सहमतिपत्रमा पार्टीमा बालेनको वरीयता के हुने भन्ने प्रस्ट्याइएको छैन ।
“हामीले सातबुँदे सहमति गर्दा नै आज बिहान भइसकेको थियो । त्यसकारण आजै केही हुन सकेन, रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए । ,उनले भने , भोलि पार्टीको बैठकमा वरीयतालगायत विषयमा छलफल हुन्छ अनि टुंगो समेत लाग्नेछ ।
अरू दलले जस्तै वैकल्पिक शक्तिका रूपमा उदाएको रास्वपाले पनि मध्यराति सहमति गरेको र सुरुआती चरणमा नै पदको भागबन्डा भएको भन्दै केहीले आलोचना समेत गरेका छन् ।
प्रकाशित मिति: १३ पुस २०८२, आइतबार













प्रतिक्रिया